काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। 

संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७०४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले निर्णय गरेको छ।