काठमाण्डौ । कोभिडको तेस्रो लहरबाट सिर्जना भएको असहज परिस्थितिका कारण एनआईसी एशिया बैंकले केही शाखा कार्यालय र विस्तारित काउन्टर आज पुस ५ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।

बैंकले बागमती प्रदेशमा रहेका बनेपा, बालाजु, न्युरोड खिचापोखरी, शंखमूल, सिनामंगल र ग्वार्को तथा लुम्बिनी प्रदेशमा रहेको डिङ्गरनगर (तिलोत्तमा) शाखाहरु बन्द गर्ने निर्णय गरेको छ। 

यसैगरी बैंकले बागमती प्रदेशमा रहेका लामाटार, धोबीबाट र लुभु विस्तारित काउन्टर तथा प्रदेश १ मा रहेको धरान उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गर्ने निर्णय गरेको छ। स्थानीय निकायको निर्देशनअनुसार हेरफेर हुन सक्ने पनि बैंकले स्पष्ट पारेको छ। 

यी शाखा र विस्तारित काउन्टरबाहेक अन्य सम्पूर्ण शाखा कार्यालय र विस्तारित काउन्टरहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। बैंकिङ आवश्यकताका लागि डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिन र सुरक्षित रहन बैंकले ग्राहकहरुसँग आग्रह गरेको छ।