काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थान ओगटिसकेको संस्थाको अधिकांश वित्तीय परिसूचक उत्साहजनक रहेको छ। वित्तीय संस्थाले तेस्रो त्रैमाससम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब ९९ करोड ७१ लाख पुर्याउन सफल भएको छ।
तेस्रो त्रैमास अवधिमा संस्थाको स्वपुँजीमा प्रतिफल (आरओई) वार्षिक २१.०४% रहेको छ भने वार्षिक रु. ३६.९१ प्रतिसेयर आम्दानी (ईपीएस) आर्जन गर्न सफल रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७०% ले बढी हो।
काभ्रेपलाञ्चोकको बनेपास्थित कर्पोरेट कार्यालय रहेको संस्थाले समीक्षा अवधिमा रु. ४७ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९९% ले बढी हो।
यो त्रैमाससम्ममा संस्थाले बचत परिचालनतर्फ रु. ३ अर्ब ३३ करोड ८२ लाख पुर्याउन सफल भएको छ। यस विषम परिस्थितिमा समेत संस्थाले लघुकर्जा असुलीमा प्रभावकारी रुपमा आाफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्किय कर्जालाई १.४६% मा सीमित राख्न सफल भएको छ।
वर्तमान तरलता संकटको अवस्थामा समेत संस्थाले समीक्षा अवधिमा लघुवित्तको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १९.०१% र सञ्चालन मुनाफा २१.६७%ले बढेको छ। त्यसैगरी जगेडा कोष ६४.९३% र बैंक तथा वित्तीय संस्थाबाट सापटी २७.०२% ले बढेको छ।
संस्थाले आफ्नो रणनीतिअनुरुप नवीनतम प्रविधिलाई जोड दिँदै संस्थाको दैनिक क्रियाकलाप तथा सेवाग्राही सदस्यलाई परिस्कृत सेवा प्रवाह गर्दै आइरहेको छ। जसअनुसार ई–सेवामार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एसएमएसमार्फत हुने प्रणाली सुचारु भइसकेको छ।
त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक, उद्यमशीलता तथा अनुसन्धानात्मक क्षेत्रहरुमा लगानी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ।
वित्तीय संस्थालाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यस वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेको छ।
यस त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल १ लाख ८९ हजार ५९९ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।
राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाका रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको दुर्गम जिल्ला कालीकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु, डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यानजस्ता जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको छ।
10 minutes ago
34 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago