काठमाण्डौ । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ। 

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन्। डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एशिया मोबैंकमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवं दोस्रोपटकबाट रु. १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ । जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आईपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन्। 

आमजनमानसको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।