काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा २४.४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष संस्थाले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५८ करोड ५६ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ३१.७३ प्रतिशतले बढेर ९२ करोड ९३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७० करोड ५५ लाख रुपैयाँमा सीमित थियो।

गत वर्ष संस्थाले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी पनि ४३.३६ प्रतिशतले बढेको छ। 

समीक्षा वर्षमा संस्थाले १६ अर्ब ३१ करोड रुपैयाँ सापटी लिई २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १५ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ६८.५६ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८३ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३.६७ रुपैयाँ भएको छ। अघिल्लो वर्ष ईपीएस २७.०४ रुपैयाँ थियो।

पीई रेसियो २५.५४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ। 

संस्थाले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.४३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.९३ प्रतिशतमा सीमित थियो।