काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरएक्टिभ भोइस रेस्पोन्स सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकवर्गले आइभीआर  सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभीआर   पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्ने बैंकले बताएको छ । आइभीआर   सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर  सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस  वा फोन कल दुबै माध्यमबाट गर्न सक्ने बताइएको छ ।

ग्राहक महानुभावहरुले एसएमएसद्वारा आइभीआर  दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
सर्वप्रथम दर्ता गर्नका लागि आइभीआर इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number)  गरी  ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभीआर  सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।