काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको पुस महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो।
पुसमा सेलेक्ट–३० को न्याभ १०.२९ रुपैयाँ कायम भएको छ। गत मंसिरमा पनि न्याभ १० रुपैयाँ थियो।
यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ३९ करोड ९६ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी ३४ करोड ३१ लाख रुपैयाँ थियो।
पुसमा यो योजनाको कुल घाटा १ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल घाटा ५ करोड १२ लाख रुपैयाँ थियो।
यसैगरी पुसमा डाइनामिक डेप्ट फन्डको न्याभ सामान्य बढेर १०.७३ रुपैयाँ कायम भएको छ। गत मंसिरमा यो योजनाको न्याभ १०.३३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४७ करोड ४६ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी ४५ करोड ५२ लाख रुपैयाँ थियो।
पुसमा यो योजनाको कुल नाफा ३ करोड २० लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नाफा १ करोड २४ लाख रुपैयाँ थियो।
पुसमा ग्रोथ फन्डको न्याभ पनि घटेर १२.१२ रुपैयाँ कायम भएको छ। गत मंसिरमा न्याभ ११.२० रुपैयाँ थियो।
यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८९ करोड ६३ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी ८० करोड २ लाख रुपैयाँ थियो।
पुसमा यो योजनाको कुल नाफा १६ करोड ६७ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नाफा ८ करोड ९५ लाख रुपैयाँ थियो।
यस्तै पुसमा ब्यालेन्सड् फन्डको न्याभ घटेर ११.४६ रुपैयाँ कायम भएको छ। गत मंसिरमा न्याभ १०.६९ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७८ करोड ६१ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी ७१ करोड ६७ लाख रुपैयाँ थियो।
पुसमा यो योजनाको कुल नाफा ९ करोड ६३ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नाफा ३ करोड ७९ लाख रुपैयाँ थियो।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago