काठमाण्डौ । एनआईसी एसिया बैंकले विभिन्न पदमा शुक्रबार एकैपटक ४०० कर्मचारी माग गरेको छ । 

बैंकले उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो । 

बैंकले उपत्यभित्रका लागि ब्रान्च मेनेजरअन्तर्गत जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र असिस्टेन्ट मेनेजर पदमा ५० जना, रिलेसनसिप मेनेजरअन्तर्गत असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर पदमा ५० जना र सर्भिस मेनेजरअन्तर्गत अपरेसन इन्चार्ज, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिर पदमा १०० तथा उपत्यकाभित्र र बाहिरका लागि हस्पिट्यालिटी सर्भिसअन्तर्गत करारमा २०० कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले असिस्टेन्ट मेनेजरका लागि कम्तीमा ५ वर्षको बैंकिङ अनुभव र दुई वर्षको सम्बन्धित कामको अनुभवका साथै व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्ने क्राइटेरिया तोकेको छ । दरखास्त दिने उम्मेदवारको उमेर २५ वर्ष पूरा भएको र ५० वर्ष ननाघेको हुनुपर्नेछ। 

त्यस्तै जुनियर अफिसर, अफिसर र सिनियर अफिसरको हकमा व्यवस्थापन विषयमा कम्तीमा स्नातक र स्नातकोत्तर तह पूरा गरेका लागि विशेष ग्राह्यता दिइनेछ भने सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यी पदमा दरखास्त दिने उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

यसैगरी, असिस्टेन्ट र सिनियर असिस्टेन्ट तथा सुपरभाइजर पदका लागि पनि कम्तीमा स्नातक तह र स्नातकोत्तर तह पूरा गरेका लागि विशेष ग्राह्यता दिइनेछ भने सम्बन्धित क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यी पदमा दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

यस्तै अस्पेट्यालिटी सर्भिसमा भने कम्तीमा प्लस टु र स्नातक तह पूरा गरेका लागि विशेष ग्राह्यता दिइएको छ । यसका लागि उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ। यो इन्ट्री लेभल जब हो, जसका लागि अनुभवको कुनै आवश्यकता पर्ने छैन । तोकिएको डिग्री हासिल गरेका फ्रेस जनशक्तिले यो पदमा आवेदन दिन सक्ने छन् । 

बैंकले दरखास्त दिने अन्तिम मिति जुलाई ५, २०१९ तोकेको छ । उम्मेदवारले अनलाइन आवेदन पनि दिन सक्ने छन् । 

बैंकले प्रकाशन गरेको आवश्यकतासम्बन्धी सूचना तल हेर्नुहोस् :