– अर्जुन तिमिल्सिना
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दुई वाणिज्य बैंकको उच्च कारोबार भएको छ।
कारोबारको हिसाबले आज यी दुई वाणिज्य बैंक पहिलो र दोस्रो स्थानमा रहेका छन्। एनआईसी एसिया बैंकको आज २१ करोड ७५ लाख रुपैयाँबराबर कारोबार भएको छ। यो बैंकको सेयरभाउ आज ५ प्रतिशत बढीले गिरावट आउँदा ३७ रुपैयाँले घटेर ६८६ रुपैयाँमा कामय भएको छ।
उता दोस्रो उच्च कारोबार गर्ने सिद्धार्थ बैंकको ८ करोड ३६ लाख रुपैयाँबराबर सेयर किनबेच भएको छ। यो बैंकको सेयरभाउ आज ८ प्रतिशत बढीले बढ्दा प्रतिकित्ता २१.७ रुपैयाँले बढेर २८१.९ रुपैयाँ कायम भएको छ।
एक बजार जानकारले एनआईसी एसियाजस्ता केही ठूला बैंकहरुमा आईएमएफले अडिट गर्ने भएपछि त्यहाँभित्रका प्रमोटरहरुले सेयर बेचेको दाबी गरे। ‘राष्ट्र बैंकको छत्रछायामा बसेर त्यस्ता बैंकका सञ्चालकले ऋण अपचलन गरेका थिए’, नाम उल्लेख नगर्ने सर्तमा ती बजार जानकारले भने, ‘अब आईएमफले अडिट गर्ने भएपछि तिनीहरुले सेयर बेचेका हुन्।’
एक लगानीकर्ताले आज सिद्धार्थ बैंकको सेयरमा इन्ट्राडेमा १० प्रतिशतसम्म सर्किट लागेको बताए। ‘एनआईसी एसिया बैंकसँग मर्जरको हल्ला चलाएर सेयरभाउ उचालेर अन्तिम समयतिर सिद्धार्थ बैंकको सेयर बेच्ने काम भएको छ’, ती लगानीकर्ताले भने।
अर्का बजार जानकार भने एनआईसी एसिया बैंकका केही खेलाडीले भने उच्च मूल्यमा सेयर बेचेर सिद्धार्थ बैंकको सेयर किनेको दाबी गर्छन्।
ट्रेडर फ्लोर सिट केलाउँदा एनआईसी एसिया बैंकको सेयर ठूलो मात्रामा आज श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८)ले ३५ प्रतिशत र ओपल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४)बाट करिब १३ प्रतिशतले बिक्री गरेका छन्।
त्यसैगरी आज उच्च कारोबार भएको र ८ प्रतिशत बढीले सेयरभाउ बढेको सिद्धार्थ बैंकको सेयर डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नं. ४४) र सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)बाट उच्च मात्रामा खरिद गरिएको देखिएको छ।
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago