काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।
सुनसरीको धरानस्थित होटेल गजुरमा आइतबार सम्पन्न संस्थाको वार्षिक साधारणसभबाट सेयरधनीलाई चुक्तापुँजीको १४.७५ प्रतिशतका दरले रु. २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले विभिन्न एजेन्डासहित संस्थाको गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७९ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।
संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ। आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखाकार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
22 minutes ago
40 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago