काठमाण्डौ । एनआईसी एसिया बैंकमा एकैपटक थुप्रै पदमा जागिरको अवसर खुलेको छ । 

बैंकले उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि विभिन्न १८ पदमा जनशक्ति माग गरेको हो । क वर्गको यो बैंकले उपत्यकाका लागि हेड अफ इन्स्टिच्युसनल डिपोजित, डेपुटी हेड ट्रेजरी, डेपुटी हेड सीएएसए, डेपुटी हेड रेमिट्यान्स, डेपुटी हेट ब्रान्डिङ र डेपुटी हेड कम्प्लायन्स डिपार्टमेन्टजस्ता विभिन्न ६ वटा पदका लागि एक÷एकजना अफिर, सिनियर अफिर, असिस्टेन्ट मेनेजर र डेपुटी मेनेजर माग गरेको छ । 

त्यस्तै उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, सर्भिस मेनेजर, क्रेडिट अफिसर, सेन्ट्रल सर्पोट, इन्फरमेसन टेक्नोलोजी, डिजिटल च्यानल माइग्रेसन, फाइनान्स अफिसर, अफिसर जनरल एडमिनिस्ट्रेसन एन्ड प्रोजेक्ट, अफिसर ट्रेजरी, अफिसर कम्प्लायन्स, चाटर्ड अकाउन्टसजस्ता विभिन्न १२ पदमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, सुपरभाइजरलगायतका केही कर्मचारी माग गरेको छ । 
 

बैंकले असिस्टेन्ट मेनेजर वा डेपुटी मेनेजर पदका लागि सम्बन्धित विषयमा मार्टस तथा कम्तीमा ५ वर्षको बैंकिङ अनुभव वा २ वर्ष सम्बन्धित कामको अनुभव रहेको हुनुपर्ने प्रावधान राखेको छ । यो पदका लागि २५ वर्षभन्दा माथि तथा ५० वर्षभन्दा तलका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

त्यस्तै जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि सम्बन्धित विषयमा मार्टस तथा पाँच वर्षको अनुभव र उमेर २१ वर्षभन्दा माथि तथा ४० वर्षभन्दा तल तोकिएको छ । असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदका लागि भने उम्मेदवारले कम्तीमा ब्याचलर्स गरेको हुनुपर्नेछ भने कम्तीमा तीन वर्ष बैंकिङ अनुभव र उमेर १८ वर्षभन्दा माथि र ४० वर्षभन्दा कमको हुनुपर्ने छ । 

चाटर्ड अकाउन्टेन्टको हकमा भने बैंकले चार्टड अकाउन्टेन्सीको अन्तिम कोर्स आईसीएबएन÷आईसीएआईबाट पूरा गरेको हुनुपर्ने जनाएको छ । यो पदका लागि २१ वर्षभन्दा माथि ४० वर्षभन्दा तलका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

उम्मेदवारले आफूले चाहेको पदमा जुलाई २४ तारिखसम्म बैंकले तोकेको www.nicasiabank.com/current-vacancies मा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।