काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६४.१० प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल आम्दानी २ करोड ५१ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ १८ करोड २९ ण्लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङ १ करोड ७३ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ०.९३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २.५९ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.४३ रुपैयाँ रहेको छ।
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago