काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ। 

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहक तथा कर्मचारीले भुक्तानी गर्र्दा सर्जरीमा र आँखासम्बन्धी कुनै पनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउन छ।

समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका छन्। 

बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको ‘एनएमबि कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।