काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। 

एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ।