काठमाण्डौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर ल्याएको छ। 

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेरु क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन्। क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्नेछ। यो सुविधा सीमित अवधिका लागिमात्र उपलब्ध रहनेछ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।