काठमाण्डौ । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार दमकमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ। 

एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि  दमक नगरपालिका–६ का अध्यक्ष टेकबहादुर थापा, विशिष्ट अतिथि उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, अतिथिहरु उद्योग वाणिज्य संघ दमकका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागांई, तरकारी तथा फलफूल व्यवसायी संघ, नमुना कृषि बजारका अध्यक्ष कुमार श्रेष्ठ, दमक नपा वडा नं. ६ का सदस्यहरु कमलकुमार श्रेष्ठ, सावित्रा प्रसाइ र कमला बस्नेत खाती, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय निकायका प्रतिनिधिलगायत स्थानीय कृषि ब्यवसायीको उल्लेख्य उपस्थिति थियो। 

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ। उक्त परियोजनाको अभिन्न अंगका रुपमा नगद रहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए। कार्यक्रम दमक शाखाको अगुवाईमा भएको थियो।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनका तर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ। वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ।