काठमाण्डौ । एनएमबि बैंकले नेपाली बैंकिङ जगतमै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ। 

एनएमबि बैंकले नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो। जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराइएको छ। 

एनएमबि बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्नेमात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो। बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्यान्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्यूआर तथा पोसमार्फत सहुलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ। 

एनएमबि बैंकले यही असोज ८ गते (शनिबार) सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्णलाई आमन्त्रणसमेत गरेको छ।  

एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’बाट सम्मानित भइसकेको छ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।