काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो। यीमध्ये ३ वटा योजनाको न्याभ घटेको छ भने एउटाको मात्रै बढेको छ।
असोजमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ घटेर १०.६२ रुपैयाँ कायम भएको छ। गत भदौमा यो योजनाको न्याभ १०.९० रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९९ करोड ८१ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १ अर्ब २ करोड रुपैयाँ थियो।
असोजमा यो योजनाको कुल व्यय ५ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय २ करोड ३० लाख रुपैयाँ थियो।
असोजमा एनएमबि फिफ्टीको न्याभ पनि सामान्य घटेर १०.६७ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.७५ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब २३ करोड रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १ अर्ब २८ करोड रुपैयाँ थियो।
असोजमा यो योजनाको कुल व्यय ७ करोड १६ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय ६ करोड ६ लाख रुपैयाँ थियो।
असोजमा एनएमबि सरल बचत फन्ड–इको न्याभ पनि सामान्य घटेर ८.६८ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ८.७७ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ४४ करोड १४ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ४२ करोड २० लाख रुपैयाँ थियो।
असोजमा यो योजनाको कुल व्यय २ करोड ५८ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय २ करोड ७ लाख रुपैयाँ थियो।
असोजमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ सामान्य बढेर ९.९९ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ९.९७ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल २४ करोड ५३ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १७ करोड ४४ लाख रुपैयाँ थियो।
असोजमा यो योजनाको कुल व्यय १७ लाख ३३ हजार रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ४० लाख ९५ हजार रुपैयाँ थियो।
10 hours ago
15 hours ago
15 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago