काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि सरल बचत फन्ड–इ, एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको वित्तीय विवरण सार्वजनिक भएको हो। फागुनमा यी ४ वटै योजनाको न्याभ घटेको छ।
फागुनमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ घटेर १०.१८ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ १०.३४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत फागुनसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ६९ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ५२ करोड २४ लाख रुपैयाँ थियो।
फागुनमा यो योजनाको कुल आय २ करोड १३ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल आय ४ करोड १८ लाख रुपैयाँ थियो।
फागुनमा एनएमबि सरल बचत फन्ड–इको न्याभ घटेर ९.०२ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ ९.४७ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत फागुनसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ६१ करोड ७२ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ५९ करोड ९१ लाख रुपैयाँ थियो।
फागुनमा यो योजनाको कुल व्याय ७४ लाख २८ हजार रुपैयाँ रहेको छ। गत माघमा कुल आय २ करोड ७९ लाख रुपैयाँ थियो।
फागुनमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ घटेर ११.०४ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ ११.१६ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत फागुनसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९४ करोड ४३ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ९४ करोड ७० लाख रुपैयाँ थियो।
फागुनमा यो योजनाको कुल व्याय १ करोड ४४ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल व्याय २४ लाख ८८ हजार रुपैयाँ थियो।
फागुनमा एनएमबि फिफ्टीको न्याभ घटेर ११।०२ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ ११.५१ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत फागुनसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी १ अर्ब १२ करोड रुपैयाँ थियो।
फागुनमा यो योजनाको कुल व्याय २ लाख ७९ हजार रुपैयाँ रहेको छ। गत माघमा कुल आय ३ करोड ३१ लाख रुपैयाँ थियो।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago