काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सीधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ।

आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौताअनुरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सीधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका हुन्। 

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ यो सुविधा सुचारु गरिएको हो।