काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि–५० र एनएमबि हाइब्रिड फन्ड एल–१को वित्तीय विवरण सार्वजनिक भएको हो। चारवटै योजनाको न्याभ बढेको छ।
असारमा सरल बचत फन्ड–इको न्याभ बढेर ९.५२ रुपैयाँ कायम भएको छ। गत जेठमा यो योजनाको न्याभ ९.२५ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ४ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ८९ करोड ८ लाख रुपैयाँ थियो।
असारमा यो योजनाको कुल आय ५ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल व्यय २ करोड ६८ लाख रुपैयाँ थियो।
असारमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ पनि बढेर ११.२६ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ १०.९२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब १७ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी १ अर्ब ७ करोड लाख रुपैयाँ थियो।
असारमा यो योजनाको कुल आय १५ करोड ३९ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल आय ११ करोड २२ लाख रुपैयाँमा सीमित थियो।
यसैगरी असारमा एनएमबि–५० को न्याभ बढेर १२.३४ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ११.८३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ४१ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी १ अर्ब ४१ करोड रुपैयाँ थियो।
असारमा यो योजनाको कुल आय १३ करोड ८१ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल व्यय ७ करोड ३५ लाख रुपैयाँ थियो।
असारमा हाइब्रिड फन्ड एल–१को न्याभ पनि बढेर १२.१४ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ११.४४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेमा गरी कुल १ अर्ब १५ करोड रुपैयाँ लगानी भएको छ। गत जेठ कुल लगानी १ अर्ब ८ करोड रुपैयाँ थियो।
असारमा यो योजनाको कुल आय ९ करोड ५२ लाख रुपैयाँ रहेको छ। गत जेठमा यो योजनाको कुल व्यय २ करोड ४८ लाख रुपैयाँ रहेको थियो।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago