काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५७.०९ प्रतिशतले बढेको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ४ करोड ९० लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत १२ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत २१ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६७ लाख रुपैयाँ रहेको थियो। यसले संस्थाको व्यवसाय आक्रामक देखाउँछ। 

समीक्षा अवधिमा संस्थाले २ अर्ब ७० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ४७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

दोस्रो त्रैमासमा संस्थाको रिजर्भको आकार ३८.३१ प्रतिशतले बढेर २४ करोड ३२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १७ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको चुक्तापुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी २१ करोड ६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.५६ रुपैयाँ, पीई रेसियो ३९.८५ गुणा र प्रतिसेयर नेटवर्थ १४५.०७ रुपैयाँ रहेको छ।