काठमाण्डौ । एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आज वैशाख २१ गतेबाट बिक्री खुला गरिएको छ।

बैंकको एनएमबि ऊर्जा ऋणपत्र (इनर्जी बन्ड–२)को बिक्री खुला गरिएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ बिक्री खुला गरिएको छ। जसमा २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख इकाइ सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

एनएमबिको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलामा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ। 

एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत चैत २ गते निष्कासन अनुमति दिएको थियो।