काठमाण्डौ । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकका लागि आकर्षक मुद्दति योजना ‘एनएमबि डबल मुद्दति’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दति’ सार्वजनिक गरेकोे छ।
‘एनएमबि डबल मुद्दति योजना’अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु. ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ। त्यसैगरी ‘एनएमबि जन्मभूममि डबल मुद्दति योजना’ मा नेपालीले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ।
सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकले आफ्नो मुद्दति रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्नुका साथै मुद्दति रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
17 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago