काठमाण्डौ । एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ।
सम्झौताअनुसार बंैकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। बैंकले डिजिटल बैंकिङ अभियानअन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
33 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago