काठमाण्डौ । एनएमबि बैंक र सिजिबीच एनएमबि बैंकका ग्राहकहरुले सिजिको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगा डिलअन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।

यसपालिको दशैं किनमेलमा सजिलो होस् भन्ने उद्देश्यसाथ सिजिले यो अभियान सुरु गरेको हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।