काठमाण्डौ । नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी ग्रहकहरुले दशमीको दिन मोबाईल बैंकिङ्गबाट दक्षिणा दिंदा रु. ३०० सम्मको क्यास ब्याक पाउने जनाईएको छ ।

एनएमबि नेपालकै पहिलो बैंक हो जसले ओम्नी च्यानल शुरु गरी मोबाईलबाटै केवाईसी अपडेट लगायतका बिभिन्न दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने गरी सरल योजना प्रस्तुत गरिसकेको छ ।   

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।