काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले ओम्नी च्यानलमार्फत अन्तरबैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

एनएमबी बैंक नेपालमा डिजिटल भुक्तानीका लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक पनि हो । यसले नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन नयाँ वर्षको बैशाखको पहिलो हप्ता, जेठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरिका लागि यो अफर ल्याएको हो । 

‘प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागि सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउ“दा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।’ बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ । 

विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबी बैंक अग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मूलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफूलाई उभ्याउँदै लगेको छ । 

एनएमबि बैंकले हाल देशभर १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्नो सेवा दिंदै आएको छ ।