काठमाण्डौ । नेपाल राष्टबैंकको निर्देशनपछि एनएमबी बैंक र सिटिजन्स बैंकले पनि नयाँ ब्याजदर तोकेका छन् । 

एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबै अवधिको प्रडक्टको अधिकतम ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । 

यस्तै, संस्थागततर्फको सबै खालको निक्षेपको ब्याजदर ८.३६ प्रतिशत तोकेको छ । 

बचतमा अधिकतम ६.५७ प्रतिशत ब्याजदर तोकिएको छ । 

यसैगरी, सिटजन्स बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.८० प्रतिशत कायम गरेको छ । 

संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने ७.८० प्रतिशत तोकिएको छ ।

सिटिजन्सले बचत खाताको अधिकतम ब्याजदर ५.१० प्रतिशत कायम गरेको छ ।