काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १६.९१ प्रतिशतले कम हो।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ५१.०६ प्रतिशतले घटेर ७८ करोड रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १६.२२ प्रतिशतले घटेर २ अर्ब ५६ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ३ अर्ब ५ करोड रुपैयाँ भएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने १२.७२ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ पनि घटेको छ। गत वर्षको यही अवधिसम्म १ अर्ब ७२ करोड रुपैयाँ रहेको यस्तो अर्निङ ४५.१४ प्रतिशतले घटेर ९४ करोड ६० लाख रुपैयाँमा सीमित बन्न पुगेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ६७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४३ अर्ब बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः १.९७ र ७.०१ प्रतिशतको बढोत्तरी भएको देखिएको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत वर्ष यही अवधिसम्म रु.२४.७९ रहेको ईपीएस घटेर १८.३९ रुपैयाँ कायम भएको छ।
बैंकको खराब कर्जाको अनुपात भने केही घटेको छ। गत वर्ष यही अवधिसम्म १.४८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर १.२१ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८२.११ प्रतिशत, कस्ट अफ फन्ड ६.७७ प्रतिशत, आधार दर ९.२९ प्रतिशत, प्रतिसेयर नेटवर्थ रु. १४९.४१ र पीई अनुपात १५.१२ गुणा कायम भएको छ।
46 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago