काठमाण्डौ । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रमसञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ।