काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको खूद नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब २० करोडको उचाईमा थियो । 

बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट १० करोड ५१ लाख फिर्ता ल्याएको समेत देखिएको छ । 

बैंकको संचालन मुनाफा समेत घटेको छ । अघिल्लो वर्ष १ अर्ब ७७ करोड रहेको यस्तो मुनाफा घटेर १ अर्ब ६५ करोडमा सीमित बन्न पुगेको छ । 

तर, बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १ अर्ब ५२ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ९१ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ४७ अर्ब ९८ करोड निक्षेप संकलन गरी ४२ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४३ अर्ब ७१ करोड निक्षेप संकलन गरी ३७ अर्ब ४६ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले पनि रिजर्बलाई भने बलियो बनाएको छ । अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको रिजर्बको आकार बढी ३ अर्ब ४६ करोडको उचाईमा पुगेको छ । 

बैंकमा खराब कर्जाको अनुपात बढेको छ । अघिल्लो वर्ष ०.७६ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.१३ प्रतिशतको उचाईमा पुगेको हो । 
समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड(औसत मासिकमा) ७.९९ प्रतिशत, सीसीडी रेसियो ७२.१५ प्रतिशत, बेस रेट ११.५१ प्रतिशत, इक्वीटीमा प्रतिफल ९.६८ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.८१ प्रतिशत कायम भएको छ । 

नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २८ रुपैयाँ रहेको इपीएस घटेर १४ रुपैयाँमा सीमित बन्न पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५ गुणा कामय भएको छ ।