काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको छ।
सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२.५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता गरी कुल २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता कुमारी बैंकको नाममा कायम गरी अद्यावधिक विवरण अभिलेख गरेको हो।
यी सेयर कारोबार गर्न योग्य हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको सीडीएससीले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट प्राप्त जानकारीअनुसार मर्जरपछि बनेको कुमारी बैंकको साधारण सेयरलाई ‘केबीएल’ र संस्थापक सेयरलाई ‘केबीएलपीओ’ कारोबार संकेत प्रदान गरेको छ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago