काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा १९.२० प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४४ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष १ अर्ब ६६ करोड रुपैयाँ थियो। 

बैंकले ९७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार भने १८.८८ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३ अर्ब ८० करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा दर २.८२ प्रतिशतबाट घटेर २.४२ प्रतिशतमा झरेको छ भने आधार दर घटेर ७.९४ प्रतिशतमा सीमित बनेको छ। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.१७ रुपैयाँबाट घटेर १३.१३ रुपैयाँमा झरेको छ। पीई रेसियो २५.२९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८.३८ रुपैयाँ रहेको छ।