काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ। 

बैंकले आउँदो फागुन ११ गतेबाट लिलामीमार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। यो लिलामीमा सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने बैंकले जनाएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौ कमलपोखरीस्थित क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ९ गते अपराह्न ३ बजेसम्म तोकिएको छ।