काठमाण्डौ । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत आफ्नो भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ। 

यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट नै भर्चुअल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवाहरु उपयोग गर्न सक्नेछन्। यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टमा भिसा क्यूआर कोड प्रयोग गरी भुक्तानीसमेत गर्न सकिन्छ।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।