काठमाण्डौ । एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली प्रदेशको सुर्खेतस्थित जुम्लारोडमा रहेको कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेसनल हस्पिटलका तर्फबाट उपनिर्देशक दिपककुमार गौतमले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले कर्णाली कियर इन्टरनेसनल हस्पिटलमा क्याबिन (डिलक्स)मा २५ प्रतिशत, क्याबिन (नर्मल) र होल बडी चेकअपमामा २० प्रतिशत, अपरेसन चार्जमा १५ प्रतिशत, सीटी स्क्यान, एक्स–रे, यूसीजी, इको, इन्डोसकोपी, आईसीयू, एनआईसीयू, पोस्ट अप, डेन्टल र एम्बुलेन्स सेवामा १० प्रतिशत र पाथोलोजी एन्ड फार्मेसी (मेडिसिन)मा ५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।