काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।
काठमाण्डौमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।
दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ।
मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन्।
कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ।
41 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago