Ncell New Logo
काठमाण्डौ । एनसेलले आफ्नो सेवा प्रदान गर्ने क्षेत्रको दायरा बढाउँदै मोबाइल फाइनान्सियल सर्भिसहरु पनि ल्याउने बताएको छ ।
एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले कम्पनीको नयाँ लोगो अनावरण गर्दै मंगलबार एक कार्यक्रम माझ सो कुरा बताएका हुन् ।
नेपाल राष्ट्र बंैकले केही समय अगाडि मोबाइल फाइनान्सियल सर्भिसहरु ग्राहकलाई प्रदान गर्नका लागि छुट्टै कानूनी व्यबस्थाको नीति ल्याएको थियो । सरकारले यो नीति लिएपछि एनसेलले पनि यी सेवाहरु दिने बताएको हो ।
सरकारको सो नीतिअनुसार मोबाईल सेवा प्रदायक कम्पनीहरुले पनि मोबाइलबाटै वित्तिय कारोबार हुने गरी मोबाईल पेमेन्ट सेवाहरु प्रदान गर्न सक्छन् ।
‘हामी राष्ट्र बैंकले ल्याएको नीति अनुरुप मोबाईल फाईनान्सियल सर्भिसहरु दिन चाहान्छौं । देश भित्र र बाहिर फण्ड ट्रान्सफर गर्न, आफ्नो बिलहरु मोबाइलबाटै तिर्न र अन्य आर्थिक कारोबार जहाँबाट पनि सजिलै गर्न सकिने खालका सेवाहरु दिन चाहान्छौ ।’
-एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्स
मोबाइल प्रयोगकर्ताको संख्यामा वृद्धिसँगै यसबाट गर्न सकिने वित्तिय तथा आर्थिक कारोबारका सेवाहरुको मागमा पनि वृद्धि भइरहेको छ । अहिले करिब १ करोड ४० लाख ग्राहकले एनसेलको मोबाइल सेवा प्रयोग गरिरहेका छन् । राष्ट्र बैंकको नीति अनुसार, यस्तो प्रकारको मोबाईलबाटै वित्तिय कारोबार गर्नका लागि टेलिकम कम्पनीले आफ्नो सब्सिडायरी कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ ।
राष्ट्रबैंकका कर्मचारीहरुका अनुसार अहिलेको मोबाईल प्रविधिको युगमा बैंकिङ्ग सेवा पुग्न नसेको देशका ग्रामीण तथा दुर्गम जनताहरुलाई ब्राञ्चलेस बैंकिङ्ग सेवाको अवधारणा अनुरुप यस्तो मोबाईल फाईनान्सियल सर्भिसले धेरै फाईदा पुर्याउने छ । मोबाईल फाईनान्सियल सर्भिसहरुमा मोबाईलबाटै भुक्तानी, ऋण दिने वा लिने, पैसा निकाल्ने वा तिर्ने, कसैलाई पैसा पठाउने वा पठाएको पैसा लिने लगायत थुप्रै प्रकारका वित्तिय तथा आर्थिक कारोबारहरु पर्दछन् ।
खासगरी हिमाल तथा पहाडमा रहेको ठूलो जनसंख्यामा बैंकिङ्ग सेवा अझै पुग्न सकेको छैन । साथै, तराईका भित्री ग्रामीण क्षेत्रका मानिसहरुमा पनि सहज बैंकिङ्ग सेवाको अभाव छ । प्रविधिको विकाससँगै भित्रिएको मोबाईल बैंकिङ्गप्रति उपभोक्ताको बढ्दो आकर्षणले पनि जनता नवीन प्रविधिमा आधारित सेवाहरुबाट फाईदा लिन चाहन्छन् भन्ने अध्ययनको क्रममा देखिएको एनसेलले जनाएको छ ।
राष्ट्र बैंकको वैशाख २०७३ सम्मको तथ्याङ्क अनुसार अहिले देशमा विभिन्न बैंक तथा वित्तिय संस्थामा गरी १ करोड ६१ लाख वटा बचत खाताहरु छन् र तिनीहरु मध्य १५ लाखले मोबाईल बैंकिङ्ग सेवाबाट फाईदा लिइरहेका छन् । त्यसैगरी, ईन्टरनेट बैंकिङ्ग सेवाको प्रयोग गर्ने उपभोक्ताको संख्या झण्डै ५ लाखको हाराहारीमा छ ।
यसैबीच, उक्त नयाँ लोगो अनावरण कार्यक्रममा बोल्दै आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले डिजिटल क्रान्ति हँुदै गरेको अवस्थामा आफूहरु नेपालमा लगानी गरेर आउन पाउँदा धेरै उत्साहित भएको बताएका थिए । ‘आजीयाटा दीर्घकालीन लगानीकर्ता हो र एसियाको विकासमा साथ दिने एक बलियो साथी पनि।’–उनले भने ।
एसियाकै एक ठूलो टेलिकम कम्पनीका रुपमा परिचित आजीयाटाले नेपाल लगायत विभिन्न दश देशमा टेलिकम क्षेत्रमा लगानी गरेको छ । यो कम्पनीले एनसेलमा ८० प्रतिशत स्वामित्व वहन गर्ने वेस्ट ईन्डिजमा रहेको रेनोल्ड्स होल्डिङको शत प्रतिशत शेयर गत चैत्रमा किनेको थियो ।
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago