काठमाण्डौ । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन्। 

एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएकोे हो। यस विषेश प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैँ बनाएर सेवा लिन सक्छन्।

ग्राहक आफैँले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्। 

माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुईवटा विकल्प रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैँले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समयचक्रमा सुचारु गर्न सक्छन्। माई प्लान ५०० को करसहित रु. ५०० पर्दछ र यसमा ग्राहकले रु. ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बन्डल प्याक आफैँ बनाउन सक्छन्। 

त्यस्तै फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले रु. ५०० भन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्।

यसका साथै प्लानमा पाइने सेवाहरुबाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन्, त्यसैअनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बन्डल प्याक बनाउन सक्छन्।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्दछ। एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन्।

उदाहरणको लागि ग्राहकले रु. ३०० बराबरको डेटा, रु. १५० बराबरको अफ नेट र अन नेट कल र रु. ५० बराबरको एसएमएस सेवासहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन्। यो प्याक ३० दिनको समयचक्रमा सञ्चालन हुने हुँदा आउट गोइङ सेवामा अवरोध नआओस् भन्नका लागि ३० लिनअगावै आफ्नो शुल्क तिर्नुपर्दछ।

३० दिनको समयअघि नै माई प्लानका सेवाहरुको प्रगोय गरी सकिएको अवस्थामा ग्राहकले पेएजयूगोअन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्।