काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब भारतमा अझ शुलभ दरमा कुरा गर्न पाउने भएका छन् ।

देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ नामको नयाँ अफर ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब करबाहेक मात्र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्नेछन् ।

यस अघि भारतका लागि कल महशुल करबाहेक रु २.९९ प्रति मिनेट थियो । ईन्डिया कलिङ योजना यहि बुधबार(असार २२, २०७३) बाट तीन महिनाका लागि लागू कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट मात्र रु १.९९ प्रति मिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन् ।
 
ग्राहकले ८१७१०७३ डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्छन् । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो योजना सुचारु गर्न सकिने बताइएको छ । 

भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् ।

‘यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र  व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउनेछ ।’एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
 
यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घता अनुरुप ल्याइएको हो ।  ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन् ।
 
योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरिन सक्ने सुविधा पनि दिइएको छ ।