काठमाण्डौ । एनसेलले आइसिटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कारसहित सम्मान गरेको छ। 

सोल्टी क्राउन प्लाजामा शनिबार आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता ुपाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो। उक्त अवार्ड कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकृत विशालमणी उपाध्याय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निर्देशक डा. रविन्द्र ढकालले विजेताको नाम घोषणा गर्दै उक्त नगद पुरस्कार हस्तान्तरण गरेका थिए। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विजेतालाई शिल्ड प्रदान गरेका थिए। एनसेलले नेपाली इन्नोभेसन, स्टार्टअपलाई सहयोग गर्दै आइरहेको छ। यस वर्ष हुवावे आइसिटी अवार्डमा क्याटेगोरी स्पोन्सरको रुपमा सहकार्य गरेको थियो।  

इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स विभिन्न ११ विधामध्ये यस वर्ष विशेष महत्वको अवार्ड विधा रहको थियो। कोभिड नियन्त्रणमा विकास भइरहेका नेपाली प्रविधिलाई नोमिनेशन लिइएको थियो। प्राप्त २६ वटा नोािनेशनबाट विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ अन्तिम चरणमा प्रतिस्प्रधा गरेका थिए। उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा कोभिड १९ निमोनिया डिटेक्सन युजिङडिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमजेन्सी रेससिटेटर, सिस्टर रोबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका थिए। 

एनसेल इन्नोभेसन अवार्ड विजेता पाइला टेक्नोलोजीले कोरोना महामारीको बेला भेन्टिलटेर बनाएको थियो। पहिलो चरणको भेन्टिलेटरलाई स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेपछि पाइला टेक्नोलोजीले हाल दोस्रो चरणको भेन्टिलेटर पनि निर्माण गरिसकेको छ। पछिल्लो समय स्वास्थ मन्त्रालयको स्विकृत प्राप्त गर्दै भेन्टिलेटरको उत्पादन सुरु गरेको हो। 

हुवावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधामा १२ प्रतिस्पर्धीले अवार्ड प्राप्त गरेका छन। अवार्डमा यस वर्ष ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको थियो। १४ जना जुरी सदस्य र १४ जना सल्लाहकार समितीको छनौट पश्चात सर्वोत्कृष्टलाई शनिवार अवार्ड प्रदान गरिएको थियो।