काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ ।

कम्पनीले रि-ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदानका लागि देशमा प्रमुख शहरहरुमा मेला आयोजना गरिरहेको छ ।

मेला बिहान ११ बजे शुरु भएको थियो र दिउँसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो । गर्मी मौसमको समेत परवाह नगरी दर्शकहरुको मेलामा उत्साहजनक सहभागिता रहेको थियो । चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका मुख्य आकर्षण थिए ।

चर्चित कलाकार सुगमपोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, डिजे रुपेश र सांगीतिक समुहएक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । दर्शक  कलाकारको प्रस्तुतीसँगै नाच्दै गाउँदै रमाएका देखिन्थे । हास्यकलाकार सन्दीप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हास्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीेदर्शकहरुले मन पराएका थिए ।  

मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड थियो । चंगा चेट प्रतियोगितामा दर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमा दर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए । मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो । सिद्घेश्वरी मैदानमा मयुर नाच, लाखे नाच र दशैं पिंङले मेला अझ रोचक  बनेको थियो ।

मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्सपिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुकोे भिड देखिन्थ्यो । 

यसैबीच, मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानललोयल्टि’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनी अञ्चलका आफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहार प्रदान गर्यो । रिटेलरहरुले गरेको बिक्रीका आधारमा उनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतका उपहार दिइएको थियो ।

मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा  पनि लिएका थिए । 

बुटवलपछि एनसेल मेलाको यो अभियानले असोज ६ मा धरान र असोज ८ गते बिर्तामोडमा आयोजना भई विश्राम लिनेछ ।

एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले बुटवलबासीको उत्साहजनक सहभागिताबाट आफूहरु उत्साहित भएको प्रतिक्रिया दिंदै दशैंतिहारको शुभकामना मेला र विभिन्न प्रस्तुतीमार्फत गर्न पाउँदा आफूहरु खुशी रहेको बताए ।