ncell
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिना कुनै सेवाशुल्क एनसेल सापटी लिन सक्नेछन् ।
देशको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ, जसअन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत अब बिना कुनै सेवाशुल्क अझै बढी रकम सापटी स्वरुप लिन सक्नेछन् ।
मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना यही सोमबार (वैशाख १८)देखि लागू हुने्छ । यो योजना अन्तर्गत प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवाशुल्क रु ३० सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढिदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजनाअन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन् ।
सापटी रकमग्राहकको मुख्यब्यालेन्समाजोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन्।
एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पूर्ण रकम काटिनेछ र बाँकी रकम अर्को रिचार्जमा काटिनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरीे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।
“ग्राहकमाझ निकै नै लोकप्रिय रहेको एनसेल सापटी अन्तर्गत यो विशेष योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यो सेवाले हाम्रा ग्राहकलाई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउनेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकताअनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जतिपटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफूले लिएको सापटीको रकम पूरा चुक्ता नगरेसम्म अर्को सापटी लिन पाउने छैनन् ।
एनसेल सापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुनेछ ।
4 minutes ago
13 minutes ago
21 minutes ago
34 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago