काठमाण्डौ । एन्ड्रोइड प्रयोगकर्तालाई फेरि चेतावनी दिइएको छ। यसपटक माइक्रोसफ्टले यस सम्बन्धमा अलर्ट जारी गरेको हो। 

माइक्रोसफ्टले मालवेयरले एन्ड्रोइड प्रयोगकर्तालाई टार्गेट गरिरहेको चेतावनी दिएको छ। यसले प्रयोगकर्ताको जानकारी बिना प्रिमियम सदस्यताहरु अनलाइन एक्टिभेट गरिदिन्छ। 

माइक्रोसफ्टका अनुसन्धानकर्ता दिमित्रियोस वाल्समरास र सोङ शिन जुङले यो मालवेयरलाई बिलिङ फ्रडको सबक्याटेगरीमा राख्न सकिने बताएका छन्। यसले प्रयोगकर्ताको प्रिमियम सर्भिस बिना जानकारी सब्सक्राइब गरिदिन्छ। 

यस्तो टोल फ्रडले एसएमएस वा कलमा काम नगर्ने पनि रिपोर्टमा उल्लेख छ। यिनीहरु वायरलेस एप्लिकेसन प्रोटोकल (डब्ल्यूएपी) मा काम गर्छन्। जब प्रयोगकर्ता फोनबाट सामान खरिदको बिल भुक्तानी गर्नछन् तब मालवेयर एपले प्रयोगकर्ताको वाईफाई डिसकनेक्ट गरेर मोबाइल डाटा युज गर्नका लागि फोर्स गर्ने गरेको थुप्रै घटनाहरु पनि भएका छन्। 

यी मालवेयर एपहरुले मोबाइल नेटवर्कमार्फत मात्र सब्सक्रिप्सन सुरु गर्छन्। प्रयोगकर्तालाई यसका लागि वेबसाइटमा पनि गाइड गरिएको हुन्छ। यद्यपि यसका लागि ओटीपी चाहिन्छ। तर, यी एपहरुले यसलाई लुकाउँछन्।

यसबाट बच्नका लागि प्रयोगकर्ताले केही कुरामा ध्यान दिनुपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केही एपहरुले धेरै अनुमतिहरु माग्छन्। जसका बारेमा प्रयोगकर्ताहरु सतर्क हुन आवश्यक छ। कुनै पनि एपहरुले नक्कली डेभलपर प्रोफाइल वा एउटै जस्तो देखिने आइकनहरु प्रयोग गर्छन् भने प्रयोगकर्ता सावधान हुन आवश्यक छ।

यसरी रहनुहोस् सुरक्षित

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्दा निश्चित रुपमा रेटिङमा ध्यान दिनुहोस्। यदि तपाइँले खराब एप डाउनलोड गर्नुभएको छ भने तपाइँको फोनमा द्रुतगतिमा ब्याट्री ड्रेन, कनेक्टिभिटी समस्या, डिभाइस हिटअप जस्ता केही समस्या हुन सक्छ। कुनै पनि थर्ड पार्टी एप वा वेबसाइटबाट एप डाउनलोड गर्न सल्लाह दिइएको छैन। –एजेन्सी