काठमाण्डौ । सेयर बजार संवेदनशील ठाउँ हो । यहाँ कुनै पनि ठूला कम्पनीका लगानी गर्नेहरु जसरी मालामाल भइरहेका हुन्छन्, उसैगरी सानो कारणले कसरी चुर्लुुम्म डूूब्न पुुग्छन् भन्ने कुरा बिहीबारको एप्पल कम्पनीको कारोबारले देखाएको छ । 

अन्तराष्ट्रिय मिडिया रिपोर्टका अनुसार बिहीबार कारोबारको क्रममा एप्पलको सेयरले पछिल्लो एकमहिनाकै सबैभन्दा धेरै गिरावट व्यहोर्नुपर्यो । एकैदिन सेयरमा १.७ प्रतिशतको गिरावट आयो । एप्पल कम्पनीको पछिल्लो उत्पादन आइफोन ८ को माग खासै नबढेको नकारात्मक खबर सनसनी भएपछि यसरी एकैदिन मूल्य यति धेरै घट्न पुुगेको हो । सेयर बजारमा यो कम्पनीमा देखिएको भारी गिरावटका कारण एप्पलमा कमाउने आशामा पैसा खन्याउनेहरुको एकैदिन १४०० करोड डलर अर्थात करिब १.४४ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति स्वाहा भएको छ । 

३ प्रतिशत बढीको गिरावट
कारोबारको क्रममा सो दिन एप्पलको सेयरमा ३.१ प्रतिशतसम्मको गिरावट देखिएको थियो । यो गत अगस्ट १० पछि एप्पलको सेयरमा देखिएको सबैभन्दा ठूलो गिरावट पनि हो । गिरावटसँगै एप्पलको बजार पूँजीकरण ८० हजार करोड डलरभन्दा पनि तल झरेको छ । गिरावटका कारण यसको बजार पूँजीकरण ७९२०० करोड डलरको स्तरमा आइपुुगेको खबरहरुमा जनाइएको छ । एकैदिन लगानीकर्ताले १.४४ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाए पनि समग्रमा यो वर्ष अहिलेसम्म एप्पलको सेयर लगानीकर्तालाई कमाईको राम्रो ठाउँ नै बनेको छ । सन् २०१७ को सुरुवातदेखि हालसम्म एप्पलको सेयरको मूल्य ३२ प्रतिशत भन्दा बढीले वृद्धि भइसकेको छ । डिसेम्बरको अन्तिम कारोबार दिन एप्पलको सेयर प्रति कित्ता ११५.८२ डलरको स्तरमा बन्द भएको थियो । हाल प्रतिकित्ता १५३.३९ डलर रहेको छ । यसको अर्थ सन् २०१७ मा यसको सेयरमा ३२ प्रतिशतको वृद्धि भइसकेको छ । 

एक रिसर्च कम्पनीले आइफोन ८ को माग आशा गरिएभन्दा कम रहेको भन्दै आफ्नो सनसनीपूूर्ण रिपोर्ट सार्वजनिक गरेको थियो । त्यही रिपोर्टको प्रभावले लगानीकर्ताको अरबौं डूूब्न पुुगेको समाचारमा उल्लेख छ । रिपोर्टमा अमेरिकामा आइफोन सेभेन र सिक्सको तुलनामा आइफोन ८(एइट)को माग अत्यन्त कम रहेको र चीनमा त झनै कम रहेको दाबी गरिएको छ । 

५.२८ लाख करोडको बिक्री हुने अपेक्षा
एप्पलले भने डिसेम्बरको क्वार्टर(त्रैमास)मा रहेको ४९०० करोड डलरदेखि ५२०० करोड डलर बराबरको बिक्रीको अपेक्षा गरिरहेको छ । यदि माथिल्लो स्तर छोयो भने बिक्री ५.२८ लाख करोड रुपैयाँ बराबरको हुनेछ । कम्पनीले यो बिक्री अनुमानमा आइफोन एक्स ढिलो आउने कारणलाई समेत जोडेर हेरिएको छ ।