काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अराम्कोको बजार मूल्य अमेरिकी टेक कम्पनी एप्पलको भन्दा बढेको छ। एप्पललाई पछि पार्दै आरामको विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको छ।

अराम्कोको कारोबार बुधबार उच्च स्तरमा थियो। ब्लुमबर्गको रिपोर्टअनुसार कम्पनीले बुधबार २.३ ट्रिलियन डलरको व्यापार गरेको छ। यससँगै कम्पनीको बजारमूल्य २.४६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४६१ ट्रिलियन डलर पुगेको छ।

सन् २०२० पछि यो पहिलो पटक हो जब एप्पल पछि परेको छ। बुधबार आईफोन बजारमा ५.२ प्रतिशतको गिरावट आयो र प्रतिसेयर १४६.५ डलरमा बन्द भयो।

यो फेरबदल धेरै लामो समयसम्म रहन नसक्ने र एप्पल फेरि शीर्ष कम्पनी बन्न सक्ने अनुमान गरिएको छ। किनकि कुन कम्पनी बजारमा शीर्षमा रहन्छ वा रहँदै भन्ने कुरा विश्व अर्थव्यवस्थामा प्रभावित गर्ने शक्ति र कारकहरुमा निर्भर रहन्छ। 

यो वर्षको सुरुमा एप्पलले ३ ट्रिलियन डलरको बजारमूल्य दाबी गरेको थियो। ब्लूमबर्गका अनुसार जुन त्यतिबेला अरामकोको बजारमूल्यभन्दा लगभग १ ट्रिलियन डलर बढी थियो। तर, त्यसयता एप्पलको बजारमूल्य करिब २० प्रतिशतले घटेको छ भने अरामकोको मूल्य २८ प्रतिशतले बढेको छ।

तेलको बढ्दो मूल्य र माग अरामकोको शीर्षमा उक्लनुको प्रमुख कारण हो।

टावर ब्रिड एडभाइजर्सका प्रमुख लगानी अधिकृत जेम्स मेयर भन्छन्, ‘तपाइँले एप्पललाई व्यापार र आधारभूत हिसाबले साउदी आरामकोसँग तुलना गर्न मिल्दैन। तेलको मूल्य र आपूर्ति बढेका कारण आरामको फाइदामा छ।’ –एजेन्सी