काठमाण्डौ । एप्पलले विश्वकै पहिलो तैरिने रिटेल मोबाइल स्टोर उद्घाटन गरेको छ । 

यो स्टोर डोमको आकारको छ र यो पानीमा तैरिरहन्छ । 

कम्पनीका अनुसार नयाँ स्टोरको डिजाइन रोमको प्यानथिएनबाट प्रेरित रहेको छ । यसमा १५० जना कर्मचारी छन् र यिनीहरु विश्वका २३ भाषमा पोख्त छन् । 

यो स्टोर सिंगापुरको एप्पल मरिना स्यान्ड्मा अवस्थित छ । यो स्थान सिंगापुरको सबैभन्दा आइकोनिक स्थानमध्येको एक हो । 

कम्पनीले यो नयाँ स्टोरबाट ग्राहकहरुलाई नयाँ अनुभव प्राप्त हुने जनाएको छ । सिसाबाट बनाइएको यो संरचना पूर्ण रुपमा सेल्फ सपोर्टेड छ । नयाँ एप्पल मरिना स्यान्ड्स स्टोरको निर्माणमा सिसाको कुल ११४ टुक्रा प्रयोग गरिएको छ ।