काठमाण्डौ । पेगाससको नाम सुन्नुभएकै होला। यो एक स्पाइवेयर हो। जुन धेरै देशको सरकारले प्रयोग गरिरहेका छन्। 

यो सफ्टवेयर एनएसओ समूहद्वारा विकसित गरिएको हो। यसको काम मान्छेको जासुसी गर्ने हो। धेरै स्पाइवेयर जासुसीका लागि प्रयोग हुन्छन् तर यो एक एड्भान्स सफ्टवेयर हो।

पेगाससले एन्ड्रोइड फोनमात्र होइन आईफोनमा पनि ह्याक गर्न सक्छ। तर, एप्पलले यस प्रकारको स्पाइवेयरबाट बच्न ठूलो तयारी गरिरहेको छ। एप्पलले बुधबार यसबारे जानकारी दिएको हो।

एप्पलले चाँडै नै नयाँ फिचर लन्च गर्न लागेको छ। जसको नाम लकडाउन मोड हुनेछ। यो फिचरका कारण मानिसहरुले सुरक्षाको अर्को तह पाउनेछन्। विशेषगरी प्रयोगकर्ताले ह्याकिङबाट बच्न धेरै मद्दत पाउनेछन्।

लकडाउन मोड भनेको के हो ?

लकडाउन मोड चाँडै एप्पलको आईफोन, आईप्याड र म्याकमा उपलब्ध हुनेछ। यो फिचर अन हुनेबित्तिकै आईफोनका मेसेजिङ एप्समा आउने अधिकांश एट्याचमेन्टहरु ब्लक हुनेछन्। सेक्युरिटी रिसर्च फर्महरुको विश्वास छ कि एनएसओ समूहले एप्पलको म्यासेज अट्यामेच्ट ह्यान्डलिङ गर्दा देखिने त्रुटि पत्ता लगाउनेछ। 

नयाँ मोडमा वायर्ड कनेक्सनहरु पनि ब्लक हुनेछन्। एप्पलले नयाँ फिचरलाई जिरो क्लिक ह्याकिङ अट्याक रोक्न डिजाइन गरिएको जनाएको छ। त्यस्ता अट्याकहरु धेरै कम छन् र धेरै प्रयोगकर्ताले नयाँ मोड एक्टिभ गर्न आवश्यक पर्ने छैन। 

स्पाइवेयर कम्पनीहरुले सरकारलाई सहयोग गर्न यस्तो सफ्टवेयर बेच्छन्। तर मानवअधिकार समूहहरुले सिभिल सोसाइटमाथि आक्रमण गर्न यस्तो सफ्टवेयर प्रयोग भएको आरोप लगाउँछन्।

त्यस्ता सफ्टवेयरबाट बच्न नयाँ मोडको विकास गरिरहेको एप्पलले जनाएको छ। यद्यपि एप्पलले यसको पूर्ण विवरण सार्वजनिक गरेको छैन। –एजेन्सी