काठमाण्डौ । आईफोन १४ र आईफोन १४ प्लसको नयाँ भेरिएन्ट लन्च गरिएको छ।
पछिल्ला केही दिनदेखि एप्पल कम्पनीले आईफोन १४ को नयाँ भेरिएन्ट लन्च गर्न सक्ने चर्चा थियो। अहिले कम्पनीले अफिसियल गरिदिएको छ। यद्यपि आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको नयाँ भेरियन्ट आइसकेको छैन।
यसअघि २०१८ मा कम्पनीले आईफोन एक्सआरको एलो भेरिएन्ट लन्च गरेको थियो। यसपछि कम्पनीले आइफोन ११ को एलो भेरियन्ट पनि ल्याएको थियो।
स्प्रिङ सिजनमा कम्पनीले आफ्नो आईफोनको नयाँ कलर भेरिएन्टहरु लन्च गरिरहेको छ। उदाहरणका लागि गत वर्ष कम्पनीले स्प्रिङ सिजनमा आईफोन १३ र आईफोन १३ प्रोको अल्पाइन ग्रिन कलर भेरिएन्ट लन्च गरेको थियो।
कलरबाहेक नयाँ कलर भेरिएन्टमा अन्य कुनै परिवर्तन गरिएको छैन। डिजाइनमा कुनै परिवर्तन भएको छैन न त हार्डवेयर स्पेसिफिकेसनमा कुनै परिवर्तन भएको छ। मूल्य पनि स्ट्यान्डर्ड भेरिएन्टको जस्तै हो।
आईफोन १४ का बारेमा कुरा गर्दा यो आईफोन १३ जस्तै देखिन्छ। तर यस पटक कम्पनीले प्लस भेरिएन्ट लन्च गरेको छ। आईफोन १४ प्लसका बारेमा राम्रो कुरा यो हो कि यसले अधिक ब्याट्री ब्याकअप पाउँछ तर डिजाइनअनुसार यो उस्तै देखिन्छ।
आइफोन १४ को यो कलर भेरिएन्टलाई जनताले कत्तिको मन पराउनेछन्, त्यो भने हेर्ने कुरा हो। –एजेन्सी
1 minute ago
19 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago